भदौ– प्रहरीले गरेको इनकाउन्टर कारबाहीमा मारिएका गुण्डा नाइके कुमार घैटेका समर्थकले धुम्बाराहीस्थित एमाले कार्यालयमा तोडफोड गर्ने योजना बनाएको थाहा पाएपछि एमाले मुख्यालय वरिपरी सशस्त्र प्रहरीले पहरा दिएको छ । गृहमन्त्री बामदेव गौतमको निर्देशनमा घैंटे मारिएको दावी गर्दै कांग्रेसका केही नेताको संलग्नतामा शिक्षण अस्पतालमा नारावाजी समेत भएपछि प्रहरीले एमाले कार्यालयलाई पहरा दिएको हो ।
शिक्षण अस्पतालमा भएको नारावाजीमा सहभागिहरुले एमाले कार्यालय हान्ने योजना बनाएको थाहा पाएपछि सुरक्षाका लागि सशस्त्र प्रहरी आएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले वताए ।
ConversionConversion EmoticonEmoticon