हरेकको घरको भान्साको प्रिय साथी प्याजको मूल्य यतिखेर अकासिएको छ । लगातारको बन्द हडतालले दैनिक उपभोग्य वस्तुको अभाव बढ्दै जाँदा प्याजको मूल्य भने अकासिने क्रम तीब्र बनेपछि धेरै उपभोक्ताको भान्सामा प्याजको पहुँच घटन थालेको छ । तराई बन्द लगायत भारतमा नै प्याजको अभाव सिर्जना भएकाले यस हप्ताको बीचमा प्याजको थोक मुल्यमा पहिलेको तुलनामा दोब्बर रुपले बृदि भएको हो । भारतबाटै मुल्यबृदि निर्धारण हुने प्याज तराइ हुदै आउने भएकाले बन्दका कारण आधा परिमाणमा उपत्यका भित्रिएको कालिमाटी फलफुल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेल बताउनुहुन्छ । उहाँका अनुसार प्रति केजी ६० रुपैयाँ पर्ने प्याजको मुल्य हाल आएर १ सय १५ कायम भएको छ ।
प्याजको अभाव रहेकाले दोब्बर रुपमा मुल्य बृदि भएको उहाँको बुझाई छ । दशै, तिहार जस्ता चाडपर्व आउदै गरकाले पछिल्लो समयमा प्याज अझै महंगिन सक्ने पौडेल अनुमान छ ।
बाह्रैमास भारतमा निर्भर हुनु पर्ने भएको र भारतमा उत्पादन कम हुँदा प्याजमा आएको महगिंका कारण उपभोक्ताहरु पनि निकै कम मात्रमा प्याज किन्न आएको व्यापारीहरु बताउछन ।
प्याज किन्न आउने उपभोक्ताहरु प्याज काटदा नभई प्याजको मुल्य सुनेर आँसु झर्ने गरेको बताउछन । प्याज नभई नहुने भएकोले उपभोक्ताहरु महंगो नै भए पनि किन्न आएको बताउछन् ।
बन्द हडतालले आजित नेपाली नागरिकका लागि प्याजको मूल्य बन्दको गतिलो उपहार बनेको छ । मागेजति आउन भारतबाट नरोकिने हुँदा पनि बन्द हडतालले प्याजमा पारेको असर तरकारीका अन्य वस्तुमा पनि सल्कने भय देखिएको छ ।
Sign up here with your email



ConversionConversion EmoticonEmoticon