कैलालीको टीकापुरमा घरेलु हतियार प्रहार गरी एक एसएसपीसहित ८ जना सुरक्षाकर्मीको हत्या गरिएको दुई हप्ता नपुग्दै बर्दियामा पनि प्रदर्शनकारीले एक प्रहरी हवल्दारको भाला रोपेर हत्या गरेका छन् । बर्दियाको मैनापोखरीमा शुक्रबार भएको झडपमा प्रदर्शनकारीले भाला रोपेर गम्भीर घाइते भएका प्रहरी हवल्दार देव पाण्डेको शुक्रबारै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
आन्दोलनकारीले कब्जा लिन लागेका दुईवटा बसलाई छुटाउने क्रममा शुक्रबार बिहान भएको झडपमा प्रदर्शनकारीले भाला रोपेपछि गम्भीर घाइते भएका हवल्दार पाण्डेको उपचारका लागि अस्पताल लैजादैँ गर्दा बीच बाटोमै अत्यधिक रक्तस्राप भएर मृत्यु भएको बताइएको छ ।
Sign up here with your email



ConversionConversion EmoticonEmoticon