देश अखण्ड रहने कि नरहने २४ घण्टा भित्र फैसाला :भट्टराई

काठमाडौ । एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सरकारलाई आन्दोलनरत समुहसंग वार्ताको वातावरण बनाउन आग्रह गरेका छन् । 
भट्टराइले अबकाे २४ घण्टाले पुर्खाले आर्जित गरेको र हामीले २०० बर्षसम्म भोग्दै आएको मातृभूमि नेपालको अखण्डता युगयुगसम्म जोगाउन सक्छौं कि सक्दैनौं भन्ने फैसला गर्ने बताएका छन् ।
उनले ’नेपाल’ भनेको हिमाल, पहाड, तराईमा वसोवास गर्ने विविध वर्ग,जाति, लिंग, भाषा,धर्म,संस्कृति र पेशाका जनताको अनेकता वीचको एकताको सामुहिक अभिव्यक्तिको पहिचान भएकोले एउटा जातिरक्षेत्र र समुदायले मात्र आफुलाई ’नेपाली’ र अरुलाई अनेपाली ठान्ने प्रवृत्तिले अखण्ड नेपाल कायम राख्न नसकिने बताएका छन्।

नेपाल मात्र अखण्ड हो र त्यसभित्रका अरु सबै इलाका संघीय ढाँचामा पुनर्संरचना हुनसक्छन् भन्ने विर्सेर वा वुझ पचाएर पुरानो राज्यले बनाएको आफ्नो चुनावी क्षेत्र, जिल्ला, अंचल, र विकास क्षेत्रलाई ’अखण्ड’ राख्ने हठले पुर्खाले छोडेर गएको नेपालको अखण्डता धरापमा पर्ने बताएका छन् ।
तर देशको अखण्डतामाथि आउन सक्ने अनिष्ठ रोक्न र धेरै भन्दा धेरै राजनीतिक शक्ति र समुदायको स्वामित्वरअपनत्व रहेको संविधान निर्माण गर्न २ र ४ दिन अघिपछि हुन्छ भने त्यसलाई कसैले पनि प्रतिष्ठाको विषय बनाउन नहुने उनको धारणा रहेको छ ।
पूर्वदेखि पश्चिमसम्मको तराई र मधेसमा देखिएको असन्तुष्टि र विग्रहको ज्वालामुखी विष्फोटक बन्दै गएको अवस्थामा राजनीतिक समस्यालाई फौजी दमनले हल गर्न नहुने बताएका छन् ।

Previous
Next Post »

2 comments

Write comments
Unknown
AUTHOR
September 12, 2015 at 3:22 AM delete

https://www.facebook.com/pages/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%B8%E0%A5%87%E0%A4%A8%E0%A4%BE-%E0%A4%86%E0%A4%89-%E0%A4%A6%E0%A5%87%E0%A4%B6-%E0%A4%AC%E0%A4%9A%E0%A4%BE%E0%A4%89/692021607602074

Reply
avatar
Unknown
AUTHOR
September 12, 2015 at 3:25 AM delete

chor rastaghati neta haru sab lai goli thoknu parxa nepal ka sena prahari lai anurodh janta lai haina dekhe ra vete jati neta harulai shoot garau sainik sasan suru garau... JAY NEPAL!!!

Reply
avatar