बस्न नसक्ने भएपछि तराई छाडे न्यायाधीशहरुले




काठमाण्डु, १८ भदौ – तराईका जिल्लाहरुमा हत्या हिंसा बढ्दै गएपछि जिल्लाका न्यायाधीशहरु धमाधम काठमाण्डु आउन थालेका छन् ।
तीन जिल्लाका १२ जना न्यायाधीशहरु बस्न नसकेपछि काठमाण्डु आइसकेका छन् भने अन्य जिल्ला न्यायाधीशहरुले पनि अवस्था हेरी आउने सर्वोच्च अदालतलाई जानकारी दिएका छन् ।
धनुषा, रौटहट र महोत्तरी जिल्लाका १२ जना न्यायाधीशहरुले तराईमा बस्न नसक्ने भएपछि सर्वोच्च अदालतको सम्पर्कमा रहने गरी आफूहरुलाई राख्न बिहीबार प्रधानन्यायाधीश समक्ष निवेदन दिएका थिए ।

Previous
Next Post »