यस्ता छन् पानको पातका फाइदाहरु

पानको पात मसलाको रुपमा खान, घरमा पूजापाठ गर्नदेखि लिएर घरेलु औषधी बनाउन समेत प्रयोग गरिन्छ। पानको पात क्लोराफिले भरिपूर्ण हुन्छ। यसको रस विभिन्न प्रकारका रोगहरुको निराकरणका लागि औषधी बनाउनमा प्रयोग गरिन्छ। 
 
पाइरीया हुँदाः
पाइरीयाका बिरामीहरुका लागि पान निकै फाइदाजनक हुन्छ। पानको पातमा १० ग्राम कपुर राखेर दिनमा ३–४ पटक चबाउनाले फाइदा हुन्छ। 
 
अनुहारका दाग धब्बा कम गर्छः
अनुहारका दाग धब्बालाई कम गर्न पनि पानको पातको प्रयोग गरिन्छ। तातो पानीमा पानको पात मिसाएर दिनमा दुई तीन पटक अनुहार धुनाले अनुहारमा भएका दाग धब्बा कम हुन्छ।
 
श्वाससँग सम्बन्धी समस्या भएमाः
पानको तेल तताएर सुत्ने समयमा छातीमा लगाउनाले श्वासनलीमा हुने समस्याबाट छुट्कारा पाउन सकिन्छ।
 
मृगौलामा समस्याः
यसलाई चबाउनाले यसको रस पेटसम्म पुग्छ जसले मृगौलालाई स्वस्थ्य राख्छ। 
 


गिजामा समस्याः
गिजाबाट रगत आएमा पानको  पातलाई पानीमा उमालेर टुक्रा टुक्रा बनाउने र गिजामा लगाउने। यसो गर्नाले रगत बग्न बन्द हुन्छ। यसका साथै शरीरका अन्य भागमा चोटपटक लागेमा यसको रस घाउमा लगाउने र पानको पात राखेर पट्टी बाँध्नाले घाउ २–३ दिनमै निको हुन्छ।
 
चिलाउने समस्या भएमाः
१० देखि २० वटा पानको पातलाई पानीमा उमाल्ने र उक्त पानीलाई नुहाउने पानीमा मिसाएर नुहाउनाले चिलाउने समस्या बिस्तारै कम हुँदै जान्छ।
 
क्यान्सरको खतरा कम गर्छः
क्यान्सरको सम्भावना कम गर्न पानको पातले निकै मद्दत गर्छ। दैनिक १० देखि २० वटा पानको पातलाई पानीमा उमाल्ने र पानीमा मह मिसाएर पिउनाले क्यान्सरको खतरालाई कम गर्छ।
 
खोकीको समस्या भएमाः
पानको पातलाई पानीमा उमालेर यसमा मह मिसाएर दैनिक २ पटक पिउनाले फाइदा गर्छ। यसका साथै कमजोरी, थकान आदी समस्याबाट पनि मुक्ति दिन्छ।
 
टाउको दुखेमाः
पानको पातमा एनाल्जेसिक र कुल (चिसो) राख्ने गुण भएकाले अधिक टाउको दुखेमा पानको पात प्रयोग गर्न सकिन्छ।
Previous
Next Post »