डा. केसी भन्छन - छक्याउने काम भयाे

चिकित्सा शिक्षा र सेवामा आम नेपालीको सहज र दिगो पहुच स्थापित गर्न आन्दोलनरत प्रा.डा.गोविन्द केसी र सरकारका प्रतिनिधि विच विहिवार भएको पहिलो औपचारिक वार्ता टुङ्गोमा पुग्न सकेन । कान्तिपुर दैनिकमा समाचार छ ।
 
'पुनः छक्याउने र बेवकुफ बनाउने काम भयो' डा.केसीले वार्ताबारे विहिवार राति  भने । व्यापक जनदबाब पछि सरकारले केसीको छैटौं आमरण अनसनको ११ औं दिन योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेललाई वार्ता गर्न पठाएको थियो ।
 
पोखरेलले भने केसीसितको वार्ता सकारात्मक रुपमा अघि बढीरहेको बताए । 'केसीज्युका प्रतिनिधिहरु समेत सकारात्मक थिए' उनले भने, 'शुक्रवार फेरी कुराकानी हुनेछ ।' 'वार्ताभन्दा पनि साझा फोरममा सरकारी प्रतिनिधिसंग विचार विमर्श भएको हो', वार्तामा संलग्न नेशनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनका अध्यक्ष डा.रामचन्द्र सापकोटाले भने, 'डा.केसीका माग वारे वुदागत छलफल भए पनि कुनै टुङ्गोमा पुग्न सकेको छैन ।'
 
दुवै पक्षबीचको वार्तालाई माथेमा प्रतिवेदन वारे मन्त्री परिषदको सामाजिक समितिले मंगलवार गरेको निर्णयले विथोलेको उनले बताए । 
Previous
Next Post »