कैलालीका थारुले नेपाली नागरिकता त्याग्ने



काठमाडौं, १८ भदौ– कैलालीका थारु समुदायका ब्यक्तिहरुले नेपाली नागरिकता त्याग्ने भएका छन् ।

राज्यले थारुहरुलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरेको भन्दै उनीहरुले अब नेपाली नागरिकता त्याग्ने निर्णय गरेका हुन् । उनीहरुले नागरिकता जिल्ला प्रसाशनम बुझाउँदै छन् ।

आफुहरुको आन्दोलनलाई समर्थन गर्नुको साटो उल्टै दमन गरेको भन्दै सरकारलाई दवाव दिन यस्तो निर्णय गरेका हुन् । थरुहट थारुवान संयुक्त संघर्ष समिति क्षेत्र न ४ कैलालीको आयोजनामा मसुरियामा यहि भदौ २१ गते हुने विरोधसभावारे जानकारी गराउँन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताईएको हो।

एनेकपा माओवादी कैलाली सचिव तथा पूर्व सभासद कृष्ण कुमार चौधरी ‘कुन्दन’ थरुहट थारुवान आन्दोलनको हालसम्म कुनै सुनुवाई नभएको भन्दै राज्यलाई दवाब दिने उदश्यले नागरिकताको प्रमाणपत्र बुझाउँने र विरोध सभा आयोजना गर्न लागेको जानकारी दिए।
Previous
Next Post »