Sign up here with your email
चिठ्ठाको नामामा ठगी गरेको भन्दै मल्टी प्रपोजको कार्यालयमा छापा

![]() |
खोटाङ– खोटाङ सदरमुकाम दिक्तेलमा चिठ्ठा योजना सञ्चालनको नाममा उपभोक्तालाई ठगी गरेको उजुरी परेपछि नमस्ते नेपाल मल्टी प्रपोज कन्सर्नको कार्यालयमा प्रहरीले छापा नमस्ते नेपाल मल्टी प्रपोजले चिट्ठा योजना सञ्चालन गर्दै लाखौं ठगी गरेको ग्राहको उजुरी परेपछि शुक्रबार त्रिवेणीचोकस्थित कार्यालयमा छापा मारिएको प्रहरीले जनाएको छ। आफुहरु ठगीमा परेको भन्दै स्थानीयले दिएको उजुरीका आधारमा मंगलबार साँझ नमस्ते नेपाल मल्टी प्रपोजका प्रोपाइटर भीम राई र प्रतिनिधि काजी खत्रीलाई पक्राउ गरेको प्रहरीले थप अनुसन्धानकालागि कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ। प्रहरीको टोलीले कार्यालयमा छापा मारेर मल्टी प्रपोजले ग्राहकबाट रकम लिएर काटेको रसिद, प्याड, छाप, ग्राहकसँग रकम उठाएको बजार प्रतिनिधिको फायल, संस्थाको रेकर्ड बुक, सदस्यता शुल्क बुक लगायतका कागजात नियन्त्रणमा लिएको खोटाङका डिएसपी विद्यानन्द माझीले बताए। चिट्ठा योजना सञ्चालनकाक्रममा जिल्लाका ७१० जना ग्राहकबाट प्रतिव्यक्ति ८ हजार ७ सय रुपैयाँका दरले ६१ लाख ७७ हजार रुपैयाँ रकम उठाएको पाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका आरोपित बिरुद्ध बुधबार ठगी मुद्दा दर्ता गरेर कारबाही अघि बढाइएको प्रनाउ माझीले जनाए। मल्टी प्रपोजले भाग्यशाली चिट्ठा योजना सञ्चालन गरे बापत ग्राहकलाई मोटरसाईकल, क्यामेरा, मोवाइल, टिभी, घडी लगायतका चिठ्ठा उपहार पारिदिने भन्दै किस्ताबन्दीमा रकम संकलन गर्दै आएको थियो। १० महिनादेखि सञ्चालनमा ल्याइएको मल्टी प्रपोजले शुरुका महिना नियमित चिठ्ठा खोलेर उपहार बाँड्दैआएको भएपनि पछिल्लो समय चिठ्ठा खुलाउन छाडेपछि ग्राहकको उजुरी परेको थियो। नमस्ते नेपाल मल्टी प्रपोजका अन्य प्रतिनिधिहरुले भने बन्दका कारण उपहारका सामान ल्याउन नसकेकाले तोकिएको समयमा चिट्ठा खुलाउन नसकेको बताएका छन्।

ConversionConversion EmoticonEmoticon