सिमाङकन विरुद्वको आन्दोलन औचित्यहिन: योगेश भट्टराई

जुम्ला-नेकपा एमालेका सचिव योगेश भट्टराईले सिमांकन विरुद्ध गरिएको तराई आन्दोलनको औचित्य नभएको बताएका छन। उनले अहिले निर्धारसिमांकनको विरुद्धमा गरिएको आन्दोलनका नाममा सुरक्षाकर्मीलाई जलाई जलाई मार्नु मानवअधिकार विपरित कार्यभएको उनले बताए। प्रेश चौतारी जुम्लाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले सिमांकनको विषयमा अझै विवाद भईरहे विना सिमांकनको संघीयताको पक्षमा नेकपा एमालले लविङ गर्ने जनाए। सिमाकन, नामांकन र संघीय प्रदेशको राजधानीका बारेमा विज्ञ आयोग बनाएर संसदको दुई तिहाई बहुमत पुर्याएर जान सकिने भनाई राखे।

सिमांकनको विरुद्धमा तराईमा गरिएको आन्दोलनले निकास ननिस्कने भन्दै उनले बार्तामा आउन आग्रह गरे। भदौ मसान्तमै संविधान जारी हुने विश्वास व्यक्त गरे। संविधान जारी भईसकेपछि सवै प्रकारका आन्दोलन रोकिने बताउदै उनले त्यसपछि नेपाल आर्थिक र सामाजिक समृद्धिको दिशामा अघि बढ्ने बताए। संविधान जारी गर्नको लागि १६ बुँदे सहमति जग भएको भन्दै त्यहि जगमा टेकेर संविधान जारी भएरै छाड्ने बताए। उनले भने मस्यौदा बनेर जनताका विचमा गइसकेको र राय सुझाव संकलन भईसकेको र मस्यौदा विधेयकका रुपमा संविधान सभामा प्रवेश गरिसकेकोले जस्तो सुकै चुनौतिका बिच संविघान जारी हुने ठोकुवा गरे।  गरिएका सवै प्रदेशका सिमांकन मिल्दो भएकोले कुनै परिवर्तन गर्न नसकिने ठोकुवा गरे।
Previous
Next Post »