सियरालियोनलाई इबोलामुक्त घोषणा गर्ने तयारी भइरहेका बेला एक जना नयाँ संक्रमित फेला परेपछि सो गाउका झण्डै एक हजार जनालाई उच्च निगरानीमा राखिएको छ । सियरालियोनलाई आधिकारीक रुपमा इबोलामुक्त घोषणा गर्न ५ दिन बाँकी रहदा ६७ बर्षीया एक बृद्धाको इबोला संक्रमणका मृत्यु भएपछि उनीहरुलाई उच्च निगरानीमा राखिएको हो ।
निगरानी ३ सातासम्म रहने जनाइएको छ । निगरानीका क्रममा सो गाउका व्यक्तिहरु एक घरबाट अर्को घर तथा एक ठाउबाट अर्को ठाउमा जान नपाउने अधिकारीहरुले बताएका छन् । इबोलाका कारण सियरा लियोन, गिनी र लाइबेरियामा गरी हालसम्म १ हजार १ सय भन्दा बढीको मृत्यु भइसकेको छ
Sign up here with your email



ConversionConversion EmoticonEmoticon