शनिबार दिउँसो नुवाकोटमा माइक्रो बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ। दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्। नुवाकोटका नेपाल प्रहरीका डिएसपी सिद्धिविक्रम शाहले काठमाडौंबाट तालिममा नुवाकोट जाँदै गरेका नेपाली सेनाका सैन्य चढेको माइक्रो बस केउरेनीमा दुर्घटनामा परेको बताए।
काठमाडौंबाट त्रिशुली जाँदै गरेको बा १ ज ७५८३ नम्बरको माइक्रो बस दुर्घटना हुँदा ५ जना नेपाली सेनाका तालिमरत सैन्यको मृत्यु भएको पुष्टि भइसकेको नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले सेतोपाटीलाई बताए। सो माइक्रो बसका १३ जना सैनिक र केही सर्वसाधारण सवार थिए।
दुर्घटनामा परी चालक बेलकोट–२ घर भएका २२ वर्षीय दामोदर कँडेल, त्रिशूली सैन्य तालिम केन्द्रमा तालिम लिइरहेका सैनिक रिक्रुट सन्तोष बोगटी, ईश्वर कार्की, यशोदा कार्की र पदम राईको मृत्यु भएको छ। अन्यको भने अझै सनाखत हुन सकेको छैन।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon