मोबाइल फोनमा सबैभन्दा कम पैसा खर्च गर्ने देशहरुको सूचीमा नेपाल पाँचाै स्थानमा परेको छ। अन्तर्राष्ट्रिय दुरसंचार संगठनले तयार पारेको एक रिपोर्टमा मोबाइल फोनमा कम पैसा खर्च गर्ने देशहरुको सूचीमा श्रीलङ्का प्रथम, बंगलादेश दोस्रो, इरान तेस्रो, पाकिस्तान चौँथो र नेपाल पाँचाैँ स्थानमा परेको छ।
रिपोर्टका अुनसार श्रीलङ्कामा प्रतिमहिना एक व्यक्तिले आफ्नो फोनमा ०.९७ डलर (करिब १ सय ५ रुपैयाँ), बंगलादेशमा १.४२ डलर (करिब १ सय ५४ रुपैयाँ), इरानमा २.०१ डलर (करिब २ सय १८ रुपैयाँ), पाकिस्तानमा २.१२ डलर (करिब २ सय २९ रुपैयाँ) र नेपालमा २.४९ डलर (करिब २ सय ६९ रुपैयाँ) खर्च गर्ने उल्लेख गरिएको छ।
उक्त रिपोर्टका अनुसार अमेरिकामा एक व्यक्तिको मासिक फोन खर्च ६१.५१ डलर (करिब ६ हजार ६ सय ४५ रुपैयाँ) रहेको जनाइएको छ।
Sign up here with your email



ConversionConversion EmoticonEmoticon