इलाम, माघ १९ । उपप्रधानमन्त्री सिपी मैनालीले सरकारले राष्ट्रलाई अहित हुने गरी कसैसँग सम्झौता नगर्ने प्रष्ट पारेका छन् ।
पाँचथरको फिदिममा एक कार्यक्रममा सहभागी हुन जाने क्रममा मंगलबार उनले यस्तो बताएका हुन् । अर्को मुलुकको इच्छाबमोजिम वर्तमान सरकारले सम्झौता नगरेकै कारण नाकाबन्दी नहटेको उनको भनाई थियो ।
‘वर्तमान सरकार देशलाई अहित हुने कुनै पनि किसिमको सम्झौता गरेर झुक्दैन, बरू नेपाली जनता नाकाबन्दीको डटेर सामाना गर्न तयार छन्,’ उनले भने ।
उपप्रधानमन्त्री मैनालीले नाकाबन्दीविरूद्ध भारतीय जनता र उच्च तहमा समेत आवाज उठ्न थालेको भन्दै अब नाकाबन्दी लामो समय नटिक्ने दाबी गरे ।
सीमाङ्कन र नामाङ्कनका विषयमा उठेका समस्या समाधान गर्न राजनीतिक दलबीच छलफल जारी रहेकाले सबैको सहमतिमा राष्ट्रलाई हित हुने खालको निर्णय आउने उनको भनार्इ थियो ।
उपप्रधानमन्त्री मैनालस्ले इन्धन अभावका विषयमा प्रमूख जिल्ला अधिकारी विष्णुकुमार कार्कीसँग समेत छलफल गरे । प्रजिअ कार्कीले जिल्लामा निर्माणाधीन विद्युत् आयोजना र यातायातका साधनलाई इन्धन आपूर्ति भइरहेको जानकारी गराए ।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon