पाँचथरमा भीरबाट लडेर एक जनाको मृत्यु

पाँचथरको सराङडाँडामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। विवाहको भोज खाएर घर फर्कने क्रममा लडेर सराङडाडा–५ का ५५ बर्षीय धनबहादुर सेर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
 
गत २१ गते विवाहबाट फर्कने क्रममा सराङडाडा–५ को सल्लेरी भीरबाट  तीन सय मिटर तल खसेर शेर्माको मृत्यु भएको प्रहरीको भनाई छ। मादक पदार्थको सेवनका कारण होस गुमाई शेर्माको लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बाटोमुनी भीरमा शेर्माको शव देखेपछि स्थानीयले आइतवार मात्र प्रहरीलाई खवर गरेका थिए।
 
इलाका प्रहरी कार्यालय रबीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले भीरबाट शेर्माको शव निकालेको पाँचथर प्रहरीले जनाएको छ। 
Previous
Next Post »