यस्तो छ बजाजको नयाँ मोटरसाइकल 'भी'

बजाज अटोले अफ्नो नयाँ मोटरसाइकल ‘बजाज भी’ ल्याएको छ। यसमा भारतको पहिलो एयरक्राफ्ट क्यारियरनिर्माण गर्ने कम्पनी आइएनएस विक्रान्तको मेटल प्रयोग गरिएको कम्पनीले बताएको छ।

भीको अर्थ विक्रान्त भएको बताइएको छ। एयरक्राफ्ट क्यारियरको सम्झनामा बाइकमा विशेष प्रकारको लोगो पनि प्रयोग गरिएको छ ।

यो मोटरसाइकल भी १५० र भी १२५ गरी दुई संस्करणमा ल्याइएको छ। १५० सिसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिनले १४ बीएचपीको अधिकतम पावर र १२.७५ एनएमको टर्क प्रदान गर्छ । बजाज भीमा ५ स्पिड गियरबक्स रहेको छ । यसमा यसमा ड्यूल रयर शक अब्जर्भर, १० स्पोक एलो चक्का, रेट्रो रेसर बाइकको जस्तो डिजाइन, भी ब्याज, क्लासिक एलइडी लाइट, डस्ट कभर,  सोलिड बडी, एलईडी टेल ल्याम्प, इकोनोमिक ह्यान्डल बार, १८ इन्च फ्रन्ट र १६ इन्च रियर टायर छ ।

बजाजले दुई वर्षसम्म यो मोटरसाइकल उत्पादन गर्न आवश्यक परिमाणको एयरक्राफ्ट मेटल संकलन गरिसकेको पनि बताइएको छ। भारतीय बजारमा यसको मूल्य करिब ६० देखि ७० हजार भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ ।तर यो मोटरसाइकल आगामी मार्चदेखि बजारमा बिक्रीका लागि उपलब्ध हुने बताइएको छ ।

Previous
Next Post »