डान्सबार सञ्चालकलाई खुकुरी हान्ने लुहार पक्राउ

१८ माघ, काठमाडौं । काठमाडौंको चावहिलस्थित सेभेन इलेभेन डान्सबारका सञ्चालक अमरबहादुर पाख्रिनलाई खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत पुस ३० गते राती करिब २ बजे नजिकैको रेष्टुरेन्टमा खान गएका पाख्रिनलाई खुकुरी हानेको आरोपमा गौशला प्रहरी वृतको टोलीले कैलालीका शंकर लुहारलाई पक्राउ गरेको हो ।
चावहिलमै रहेको ग्यालेक्सि डान्सबारको डान्सर तथा बाउन्सर समेत रहेका लुहारले पाख्रिनको पछाडिको पातामा खुकुरी प्रहार गरेर घाइते बनाएका थिए ।
खुकुरी प्रहार गरेर फरार लुहारलाई भक्तपुरको सुर्यविनायकस्थित क्लब बाग्मतीबाट पक्राउ गरेको गौशला वृतका डिएसपी सुरेन्द्र मैनालीले जानकारी दिए ।
सेभेन इलेभेनमा पाख्रिनसँगै व्यवसायिक पार्टनर रहेका रमेश बटाला लगातयको टोलीले आक्रमण गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
बटालालाई पनि पक्राउ गरिसकेको प्रहरीले घटनामा संलग्न अन्य दुई जनाको पनि खोजी गरिरहेको डिएसपी मैनालीले बताए ।

Previous
Next Post »