ब्रेकअप पछि केटीहरु हेर्छन आफ्नै पूर्वमायालुको तस्बिर


तर सबै प्रेम सम्बन्धहरु दीर्घकालीन हुँदैनन् र केही सम्बन्धहरु तोडिनकै लागि बनेका हुन्छन् भन्नेकुरा बुझ्नुपर्छ अर्थात् त्यस्ता सम्बन्धमा पूर्णविराम लगाउनु नै दुवै जनाको लागि लाभदायक हुन्छ ।

एक पटक प्रेम बन्धनका बाँडिएका युवतीहरुमा प्रेम सम्बन्ध टुटेपछि आफू बिटुलो भएको तथा बर्बाद भएको र अरुबाट अस्वीकृत होइन्छ कि भन्ने डर हुन्छ । तर यसरी डर मानेर मात्र हुँदैन । यदि प्रेमीले अलग हुने फैसला गरिसकेको छ भने जबरजस्ती गर्नुभन्दा त्यसलाई स्वीकार गरेर जीवनलाई नयाँ शिराबाट अगाडि बढाउनु राम्रो हुन्छ ।

कुनै समय आफ्नो ज्यान भन्दा माया गरिने मान्छेसँग बिछोडिएपछि युवतीहरुले फरक फरक व्यवहार देखाउँछन् । जसमध्ये सबैमा देखिने लक्ष्यण यस्ता छन्ः

सामाजिक सञ्जालमा आफ्नो भुपु मायालुको तस्वीर हेरिरहने तथा पूराना कुराहरु सम्झने,
पूर्व मायालुसँग फेरि मित्रता गास्ने प्रयास गर्ने,
पहिले सँगै खिचिएका तस्बिर हेर्ने तथा म्यासेजहरु पढिरहने,
 पीडा भुलाउन भन्दै मदिरा पान गर्ने,
बिगोगान्त तथा पीडा भरिएका गीत सुन्ने,
साथिसँग बसेका बेला आफूलाई धोका दिएका पूर्वप्रेमिलाई गाली गर्ने,
नयाँ प्रेमीको खोजी गर्ने,
नयाँ प्रेमी भेटिए पहिलाको प्रेमीसँग तुलना गर्ने र उ भन्दा अब्बल मान्ने ,
यदी नयाँ प्रेमी नभेटिए प्रेम भन्ने चिजलाई बेकारको भन्ने घोषणा गर्ने ।

Previous
Next Post »