लुकाई लैजान लागेको जडिबुटीसहित ३ जना चिनिया नागरिक पक्राउ

एयर चाइनाको उडान नम्बर सिए ४०८ मा काठमाडौंबाट चीन जान लागेका चिनिया नागरिक ३ जनालाई लुकाई छिपाई लैजान लागेको जडिबुटीसहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राहदानी नम्बर ई. २७६४६९१४ बाहक वाङजीयालन, राहदानी नम्बर जी ५७३९५१६६ बाहक झिआओमाओ झिया र राहदानी नम्बर जी ४११७८०३१ बाहक ताइपिङ वाङ रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको होल्डब्यागेज चेकिङ एरियाको एक्सरे मेशिनमा चेकिङ गर्नेक्रममा सुटकेशभित्र प्लाष्टिकको ९ वटा प्याकेटभित्र जडीबुटी जस्तो देखिने स–साना लहरा करीव ६ के.जी. र चुरोटको २ वटा बट्टाभित्र रक्तचन्दन जस्तो देखिने ९ थानमा रहेको काठको रातो टुक्रा २ केजी ८८ ग्राम लुकाई छिपाई लैजान लागेको अबस्थामा उनीहरुलाई प्रहरीले फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
Previous
Next Post »