काठमाडौं-नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने तयारीलाई तीब्र बनाएपनि संस्थापन पक्षबाट को उम्मेदवार बन्छ भन्ने अझै टुंगो छैन। उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, सुजाता कोइरालासहितका नेताले सभापतिको प्रत्यासीका रुपमा आफुलाई प्रस्तुत गरेपनि उनीहरु सभापति सुशील कोइरालाको निर्णयको प्रतिक्षमा छन्।
कोइराला पुनः प्रत्यासी नबने संस्थापनको उम्मेदवार बन्ने दाउमा सिटौला, सुजातासहितका नेता छन् भने उपसभापति पौडेल पनि उनकै समर्थनमा उम्मेदवार बन्ने रणनीतिमा छन्। तर,कोइरालाले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने वा नबन्ने मुख खोलेका छैनन्। कोइराला नेतृत्वमा वितेको पाँच वर्ष पार्टी विधि र विधान अनुसार चल्न नसकेको देउवा पक्षीय आरोपको भने उनले बचाउ थालेका छन्।
कोइराला परिवार बाहिर पार्टी नेतृत्व नपुगोस् भन्ने पक्षमा रहेका सुशील आफु बाहेक संस्थापन पक्षबाट अर्को उम्मेदवार हुँदा पार्टी नेतृत्व वरिष्ठ नेता शेरबहादुर देउवाको पोल्टामा पुग्ने विश्लेषण छ। त्यसले पार्टी र लोकतन्त्र नै कमजोर हुने बुझाइमा रहेका सुशील आफु बाहेक अर्काको नाममा संस्थापनबाट साझा सहमति पनि नबन्ने ठम्याइ छ। माघ २२ गते हुने क्षेत्रीय अधिवेशन र २५ गते हुने जिल्ला अधिवेशनबाट देशभरीबाट संस्थापन पक्ष जितेर आउने र त्यसपछि औपचारीक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारीमा छन्। त्यसका लागि जिल्ला जिल्लामा संस्थापन पक्षको अवस्था बुझ्न यसअघि नै निकट नेताहरुले खटाइसकेका कोइराला पछिल्ला दिनमा निरन्तर जिल्ला नेतृत्वसँग सम्पर्कमा छन्।
संविधानसभाबाट संविधान जारी गर्ने नेतृत्व गरेको, मधेसको समस्या समाधानको पक्षमा लागेका कारण त्यस क्षेत्रका नेता तथा कार्यकर्ताको साहनुभूति प्राप्त हुने उनको बुझाइ छ। पहिलो संविधानसभा निर्वाचनमा ठूलो सिट अन्तरसहित दोस्रो स्थानमा पुगेको पार्टीलाई पहिलो बनाएकोसहितका आधारहरु पेस गर्दै संविधान कार्यान्वयनका लागि नेतृत्वको दाबी गर्ने रणनीतिमा छन् । संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना, प्रवक्ता दिलेन्द्रप्रसाद बडू, दिलबहादु घर्ती, मीनेन्द्र रिजालसहितका नेताहरुले उनलाई साथ दिइरहेका छन् भने केहीले पुनः सभापतिको उम्मेदवार नबन्न सुझाएका छन्।
एक कार्यकालका लागि भन्दै १२ औं महाधिवेशनमा भोट मागेका कोइरालालाई अहिले अघिल्ला अधिवेशनमा जस्तो सुविधा भने छैनन्। यसअघि बिनासर्त सहयोग गरेका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाले आफुलाई सभापतिको प्रत्यासीकै रुपमा प्रस्तुत गरी रहेका छन् भने रामशरण महतसहितका नेताहरुले पदाधिकारीमा आकांक्षा राख्दै आएका छन्। उनीहरुको सहज व्यवस्थापन कोइरालाका लागि चुनौतिको विषय बन्ने छ भने मानबहादुर विक, चन्द्र भण्डारीका साथै उनैले केन्द्रीय सदस्य मनोनित गरेका श्यामकुमार घिमिरे, केशवकुमार बुढाथोकीले साथ छाडिसकेका छन्।
त्यस्तै, अघिल्लो अधिवेशनमा कोइरालाको पक्षमा रहेको नेपाल दलति संघ, नेपाल प्रेस युनियन, ट्रेडयुनियन कांग्रेस स्वतन्त्र र नेपाल शिक्षक संघको नेतृत्व देउवा पक्षले लिइसकेको छ। जनसम्पर्क समितिहरुमा संस्थापन पक्ष कमजोर बनेको विश्लेषण छ। त्यसले गर्दा कोइरालालाई सभापतिमा जिताउनै नसकिने र जिती हालेपनि स्वास्थ्यका कारण अबको पाँच वर्ष पार्टी चलाउनै नसक्ने संस्थापन पक्षका नेताहरु बताउँछन्। जिब्रो र फोक्सोको क्यान्सरबाट कोइराला पीडित छन्।
अर्को पक्षले पाँच वर्षमा पार्टीलाई संस्थागतरुपमा चलाउन नसकेको, विभाग र समितिहरुलाई पूर्णता नदिएको, संविधानसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको सांसद मनोनयनमा न्याय नगरेको, मन्त्रिपरिषदबाट गर्ने सभासद मनोनयनमा भएको आर्थिक चलखेल रोक्ने प्रयास नगरेको, प्रमुख भ्रातृ संगठनका केन्द्रीय समिति विघटन गरेर अधिवेशन नगराएको जस्ता मुद्दाहरुको पनि कोइरालाले महाधिवेशनको क्रममा सामना गर्नु पर्ने छ। आफ्नैबाट पनि कोइराला परिवारमा नेतृत्व सार्न मात्र उम्मेदवार बन्न खोजेको गुनासाहरु उनले झेल्नु पर्ने हुन्छ।
यस्तो अवस्थामा कोइराला सभापतिको प्रत्यासी बनेर पराजीत हुादा संस्थापन पक्ष उठ्नै नसक्ने गरी पछारीने भन्दै अर्को नेतालाई सभापतिमा अघि सारेर संरक्षकको भूमिकामा बस्नु पर्ने राय पनि दिएका छन्। कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह नेतृत्वमा नभएका बेलापनि पार्टीमा उनीहरुको कुरा लागु भएको विश्लेषण गर्दै कतिपयले त्यस्तो अवस्थामा नेतृत्व आफ्नो अनुकल नभएपनि संस्थापन पक्षको राजनीति जोगीने तर्क छ।
संविधान जारीपछिको प्रधानमन्त्री निर्वाचनको पराजयले झस्काउने गरेको छ। प्रजातन्त्र स्थापन र पुर्नस्थापनापछि बहालवाला प्रधानमन्त्री पुनः उम्मेदवार भएर पराजीत हुने कोइराला मात्र एक्ला नेता हुन। सभापतिमा पनि त्यही नियति दोहोरीने त होइन भन्ने भन्ने दुविधा र संसयबाट भने कोइराला मुक्त छैनन्।

Sign up here with your email

ConversionConversion EmoticonEmoticon