काठमाडौँ, माघ १९/सगरमाथाको आधार शिविर तथा छ हजार मिटरभन्दा माथिको उचाइमा रक्तदान गरी विश्व कीर्तिमानी कायम राख्न चार जना रक्तदाताले प्रयास गर्न लागेका छन् । ६ हजार मिटरभन्दा माथिको उचाइमा पुगेर आगामी जेठ १५ गते (जुन २८) मा रक्तदान गर्ने उनीहरुको योजना छ ।
त्यस्तै आधार शिविरमा ३० जनाले रक्तदान गर्ने कार्यक्रम छ । सो प्रयास गर्न लागेकामा भोजपुरका दीपक राई, सुशीला राई, चन्द्रकुमार राई र सप्तरीका सञ्जीव चौधरी रहेका छन । तीमध्ये दीपकले हालसम्म ६३ पटक रक्तदान गर्नाका साथै छ हजार मिटरमाथिका योल्ला पिक, मिटर लाङ्टाङ, मिरा पिक र आइसल्यान्ड जस्ता हिमालको आरोहण गरिसकेका छन ।
६ हजार मिटरभन्दा माथि चार रक्तदाताले रक्तदान गरी विश्वकीर्तिमान कायम गरिने आयोजक भोजपुरे सेवा समाजले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
सगरमाथामा आधार शिविरमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गर्ने तथा रक्तदानसम्बन्धी थप जनचेतना बढाउनाका साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रक्तदान आयोजना गर्न लागिएको समाजले जनाएको छ । सो कार्यक्रमका लागि रु दुई करोड ८० लाख खर्च हुनेछ ।
आधार शिविरमा आयोजना हुने रक्तदान कार्यक्रमले जीवनदानसँग जोडिएको सामाजिक सेवा मात्र नभई नेपाललाई अन्तर्राष्ट्रिय पहिचान कायम गर्न मद्दत पुग्ने आयोजकको जिकिर छ ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सगरमाथामा रक्तदान गर्ने साहसिक अभियानको सफलताका लागि शुभकामना व्यक्त गर्दै उक्त कार्यले मानवीय सेवासँगै विश्वमा नेपालको पहिचान कायम गर्न सहयोग पुग्ने बताए । उनले अभियानले नेपाललाई नौलो पहिचान दिनाका साथै भूकम्प र नाकाबन्दीबाट शिथिल मुलुकको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण टेवा पुग्ने बताउँदै अभियान सफल तुल्याउन सरकारका तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाए ।

Sign up here with your email

ConversionConversion EmoticonEmoticon