नारायण खड्का दाङ, माघ
'हिन्दु धर्म संसारकै उत्कृष्ट'
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्द पोखरेलले वर्ण विभाजन र कर्मकाण्डी प्रवृत्तिका कारण हिन्दु धर्म खुम्चिँदै गएको बताएका छन्।
दाङको तुलसीपुरमा मंगलवारदेखि सुरु भएको धार्मिक महोत्सवको उद्घाटन गर्दै मन्त्री पोखरेलल उनले अहिले आएर मुलुक धर्मनिरपेक्ष हुँदा हिन्दु धर्म गुम्छ की भन्ने चिन्ता बढेको बताएका हुन्।
उनले संसारकै उत्कृष्ट धर्म हिन्दु नै भएको दाबी समेत गरे। मन्त्री पोखरेलले भने,‘हिन्दु धर्म किन खुम्चिँदै छ, किन सबैको भइरहेको छैन, हिन्दु धर्म खुम्च्याउन को जिम्मेवार छ, अब त्यसको खोजी गर्नुपर्छ।’
‘हिन्दु धर्मवारे कतिपय धर्म प्रचारकहरुले रगत चल्छ तर पानी चल्दैन? भन्ने गलत व्याख्या गरेर वदनाम गर्नु गलत हो, उनले भने।’
मन्त्री पोखरेलले हिन्दु धर्मको प्रचारको नेतृत्व संस्कृत विश्वविद्यालयले गर्नुपर्ने बताए। उनले धर्मलाई माग्नेहरुको माध्यम मात्रै नबनाउन आग्रह पनि गरेका थिए ।
फरक प्रसंगमा उनले कांग्रेस सरकारमा आए प्रधानमन्त्रीवाहेक सबै मन्त्रालयको जिम्मेवारी दिन सकिने बताए। पोखेलले देशको विषम परिस्थितिमा संसदको ठूलो दलले प्रतिपक्षमा बस्ने चाहना नराख्न आग्रह गरे।

Sign up here with your email

ConversionConversion EmoticonEmoticon