१९ माघ, काठमाडौं । मधेसी मोर्चा र भारतीय नेताहरु कस्तो गृहकार्यमा छन् भनेर बुझ्न यही एउटा तस्बिर काफी छ । तस्बिरमा नेपालको मधेसका शीर्ष भनिने नेताहरु कुनै ठालुकहाँ ऋण माग्न पुगेका गोठालाजस्तो याचनामय मुद्रामा देखिन्छन् । ठालुको आसनमा छन् लालु, अर्थात विहारका नेता लालुप्रसाद यादव ।
परराष्ट्रमन्त्री कमल थापालाई समेत यो तस्बिरले बिझाएछ । उनले सोमबार बेलुकी ट्वीटरमा यो तस्वीर पोष्ट गर्दै लेखेः ‘यो तस्बिर देख्दा कुनै पनि स्वाभिमानी नेपाली खुशी हुन सक्दैन ।’ थापाले लेखे जस्तै यो तस्बिर देख्दा प्रत्येक नेपाली जनता स्तब्ध बन्नेछन् ।
मधेस आन्दोलन सेलाउन थालेपछि मधेसका शीर्ष नेताहरु छिमेकी देशको एउटा राज्य बिहारका नेताको समर्थन खोज्ने क्रममा लालु यादवको दैलोमा पुगेका थिए । लालु बिहारको स्थानीय पार्टी राष्ट्रिय जनता दलका अध्यक्ष हुन् । अहिले बिहारमा उनको दल सत्तामा रहेको छ ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका महेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका नेता जंगिलाल यादव लालुको दैलोमा पुगेका थिए । छिमेकी देशका सगोत्री नेताहरुलाई लालुले ‘कृपापूर्वक दर्शनभेट’ दिए । उनीहरुलाई प्लास्टिकको कुर्सीमा लहरै बसाले र प्रवचन दिन थाले । टिभीमा देखिएको भिडियो फुटेजमा मधेसी नेताहरु अत्यन्तै अनुशासित मुद्रामा लालुका कुरा मन्त्रमग्ध भएर सुनिरहेका छन् ।
लालुले मधेस आन्दोलनप्रति आफ्नो सहयोग र सहानुभूति रहने आश्वासनसमेत दिए । यति भइसकेपछि दर्शनभेट सफल भएको महसुस गर्दै मधेसी नेताहरुको लर्को अर्को नेताको दैलोतिर हिँड्यो ।
यो तस्बिर हेरिसकेपछि प्रत्येक नेपालीको मनमा प्रश्न उब्जिन्छन, के नेपालका मधेसी नेताहरुको हैसियत यहि हो ? नेपालका राष्ट्रिय स्तरका नेताहरु भारतको एउटा राज्यका नेतासित त्वंशरणको मुद्रामा प्रस्तुत हुन्छन् भने मोदीको अगाडि उनीहरु कसरी पेस हुन्छन् होला ?
मधेस आन्दोलन चर्काउन १० लाख विहारी उतार्ने
यसैबीच, मधेस आन्दोलन चर्काउनका लागि विहारबाट १० लाख भारतीयहरुलाई पठाउने योजनामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र बिहारी नेताहरुबीच सहमति भएको सञ्चार माध्यमहरुमा खबर आएको छ ।
दि हिमालयन टाइम्समा प्रकाशित समाचारअनुसार राष्ट्रिय जनता दल (आरजेडी) का राष्ट्रिय उपाध्यक्ष डा. रघुवंश प्रसाद सिंहले नेपालको सरकारले मधेसीहरुमाथि दमन गरेकाले त्यसलाई चिर्न बिहारका मानिसहरुले मोर्चाको आन्दोलनमा साथ दिने बताएका छन् ।
मिडिया फर बोर्डर हार्मोनीले मुजफ्फरपुरमा गत आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भारतको सांसदसमेत रहेका सिंहले भने, ‘मधेसी जनताको अधिकारका लागि बिहारी जनता नयाँ दिल्लीदेखि काठमाडौंसम्म धर्ना दिन तयार छन् ।’
मुजफ्फरपुरमा भएको कार्यक्रम सकिएपछि मोर्चाका सांसदहरु भारतीय नेताहरुको थप समर्थन खोज्न बिहारको राजधानी पटनामा पुगेेका थिए । नेताहरु बिहारबाट फर्केपछि मोर्चाको वैठक बसेर आन्दोलनको पुनरावलोकन गरिने बताइएको छ ।

Sign up here with your email

ConversionConversion EmoticonEmoticon