वीरगन्ज नाकाबाट ११ वटा सवारी साधन भारत प्रवेश

वीरगन्ज नाकाबाट ९ यात्रुवाहक बस र दुईवटा ट्याक्टर भारत प्रवेश गरेका छन् । 
 
वीरगन्जको मितेरी पुलमा धर्ना बसेका आन्दोलनकारीकै सहमतिमा साँझ पाैने ८ बजे यात्रु बस र ट्याक्ट भारत प्रवेश गरेका हुन्। 
 
भारत तीर्थ यात्रामा निस्केको ना ३ ख ७७९१, ना ४ ख १२८९, ना५ख ८१८, ना ४ ख ४११७, ना ४ ख ४४५१, ना २ ख ४३५७, ना ३ ख २६६६, ना ३ ख ३२३१ र ना ४ ख ४२७० नम्वरको बस तथा ना २ ख ३२७८ र ना २ च ६९१ नम्वरको ट्याक्टर मितेरीपुलबाट भारत प्रवेश गरेका सीमा प्रहरी कार्यालय इनर्वाले जनाएको छ। 
बसमा बोलबम कावरीया काफ्लाका ८०० तीर्थ यात्रु थिए भने ट्याक्टरमा १५० बोरा पिना रहेको प्रहरीले जनाएको छ। रासस
Previous
Next Post »