तरकारी खेतीलाई छत्तिस लाख अनुदान

तरकारी खेतीलाई छत्तिस लाख अनुदान

चितवन, माघ १९ print

  • 21
     
     
    1
     
     
    0
    Google +
     
    22
     
  • GET NEWS ALERTS


यसवर्ष जिल्लामा व्यावसायिक तरकारी खेतीको विकासका लागि ६८ जना किसान छनोटमा परेका छन् । 
 
युवालक्षित व्यावसायिक तरकारी खेतीका लागि ३६ लाख अनुदान दिने गरी उनीहरुको छनोट गरिएको हो । पहाडका किसानका लागि पाँच रोपनी र तराई क्षेत्रमा एक बिघाखेती गर्ने गरी छनोट गरिएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत कमला न्यौपानेले जानकारी दिइन्। एक बिघाखेती गर्ने किसानका लागि ६० हजार र पहाडको पाँच रोपनीका लागि ४० हजार रुपैयाँका दरले अनुदान दिइने छ भने सोही रकम बराबर किसानले लगानी गर्नुपर्ने प्रावधान छ । 
 
युवालाई व्यावसायिक तरकारीखेतीमा संलग्न गराउन र बढ्दो विदेश पलायनलाई रोक्न सरकारले युवा लक्षित कार्यक्रम ल्याएको हो । कार्यक्रमले जिल्लामा तरकारीखेतीको विकासमा सहयोग पुगेको न्यौपानेको भनाइ छ । चेपाङ समुदायले समेत कार्यक्रमबाट लाभ लिएको छ । जिल्लामा कुल ६३ हजार हेक्टरमा ८६ मेट्रिक टन तरकारी उत्पादन हुँदै आएको तथ्याङ्क छ । रासस 
Previous
Next Post »