त्रिपाल खरिद काण्डमा काठमाडौंका स्थानीय विकास अधिकारी मुछिए, विशेष अदालतमा मुद्धा दायर

माघ १९, २०७२- काठमाडौंका स्थानीय विकास अधिकारी तीर्थराज भट्टराईसहित तीन कर्मचारी भ्रष्टाचार मुद्धामा मुछिएका छन् ।
भूकम्पपछि त्रिपाल खरिदका क्रममा भट्टराईसहित लेखा अधिकृत यामनाथ शर्मा र स्टोरकिपर चिरञ्जीवी खड्काविरुद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
तीनैजनाविरुद्ध ३५ लाख ६ हजार रुपैयाँका दरले बिगो मागदाबी गरिएको छ ।
अख्तियारले तीन सप्लायर्सविरुद्ध पनि मुद्धा दायर गरेको छ ।
न्यू पशुपति ट्रेड एन्ड सप्लायर्सका मिथिलेश्वर तिवारी, दिपेश इन्टरप्राइजेजका झंकप्रसाद गौतम र सेविका इन्टरप्राइजेजका होमप्रसाद गौतम पनि प्रतिवादी छन् ।
अख्तियारले तिवारीविरुद्ध २३ लाख ३४ हजार, झंकप्रसादविरुद्ध ८ लाख ९३ हजार र होमप्रसादविरुद्ध ३ लाख ७८ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।


Previous
Next Post »