गुन्डानाइके विश्वक्रान्ति अख्तियारको फन्दामा

हेटौंडा घर भइ उपत्यकामा गुन्डागर्दीमा सम्लग्न विश्वक्रान्ति सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। उनलाई सोमबार राती ललितपुरको थाइ घरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।
प्रहरी अधिकारीलाई घुस खुवाउनका लागि मध्यस्तकर्ताका भूमिका खेलेको भन्दै उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो। उनीसहित अख्तियारले ललितपुरका डिएसपी डिएन ज्ञवाली, प्रहरी निरीक्षक उमेश बहादुर सिंहलाई पनि पक्राउ गरेको छ।
एकान्तकुनास्थित जावलाखेल पेट्रोल पम्पको स्वामित्व भोगचलन सम्बन्धमा सञ्चालकहरूविच केही लेनदेनको विषय रहेको एवं उक्त लेनदेनको विषयमा दुईपक्षीय सहमती भई अगाडी बढिरहेकोमा मध्यस्थकर्तासमेतले विपक्षीसंग मिलेमतो गरी उक्त लेनदेनको विषयलाई गैह्रकानूनी रुपले प्रहरी परिसर ललितपुरमा पुर्याएको अख्तियारले जनाएको छ।
लेनदेनको विषय मिलाईदिने भनि विश्वक्रान्ती सिंहको मध्यस्थतामा घुस रकम प्रहरीले  माग गरेको थियो । विश्वक्रान्ति सिंह पछिल्लाे समय कांग्रेसकाे अाडमा गुन्डागर्दीमा सम्लग्न थिए।
Previous
Next Post »