वासिङटन – सामाजिक सञ्जालका संस्थापक मार्क जुकरबर्गको फेसबुकमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले गरेको कमेन्ट अहिले चर्चाको विषय बनेको छ । जुकरबर्गले फेसबुकमा यस्तो स्ट्याटस राखेका थिए – ह्वाईट हाउसले बढी विद्यार्थीहरुलाई स्कुलमा कोडिङ पढ्ने अवसर दिने घोषणा गरेको छ । यो प्रयासमा मलाई पूर्ण विश्वास छ । १० वर्षको छदाँ मैलेँ कोडिङ सुरु गरेको थिएँ । मलाई मेरो बुबाले उहाँको डेन्टल अफिसमा कम्प्यूटर खेल्न छाडिदिनुहुन्थ्यो । त्यतिबेलेैबाट म यो प्रविधिसँग आर्कषित भए । म जान्न चाहन्थे कि यसले कसरी काम गर्छ । त्यसैले मैले प्रोग्रामिङ सुरु गरेँ । यसले मेरो जीवनमा ठूलो अर्थ राख्यो । जब मानिसहरुले कोड गर्न सिक्छ । उनीहरुले भविष्यका लागि प्रडक्टहरु बनाएर हाम्रो समाजलाई अगाडी लैजाने अवसर पाउँछन् । फेसबुकमा हामीले टेकप्रिपमार्फत कोड सिक्ने चाहनेलाई सहयोग गर्छौ । प्रिसिला र मैले कोड डट ओआरजीलाई पनि सहयोग गर्दैछौ । हामी हाो चान जुकरबर्ग इनिसियटिभमार्फत थप अवसरहरु सिर्जना गर्नेमा केन्द्रित छौ । विद्यालयमा कम्प्यूटर साईन्सले सबैलाई धेरै अवसर सिर्जना गरिदिएको छ । -
Sign up here with your email





ConversionConversion EmoticonEmoticon