चुम्बन गर्दा यौन रोग सर्छ ?

चुम्बन गर्दा यौन रोग सर्छ? यौन रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय के हो?

चुम्बन गर्दा यौन रोग सर्दैन तर एकजनाको मुखभित्र घाउखटिरा ( हेर्पिस सिम्प्लेक्स) छ भने चुम्बनको हिस्सेदारलाई सर्न सक्छ। लिप किस, टङ किसबाट संक्रमण हुन सक्छ।

कसैलाई यौन रोग छ छैन भनेर उसको अनुहार र बानीबेहोराबाट थाहा पाउन सकिन्न। देख्दा ३२ लक्षणले युक्त देखिने मानिसलाई पनि यौन रोग हुन सक्छ। सुरक्षित सेक्स या यौन परहेज नै यौन रोगबाट बच्ने सबैभन्दा ठूलो उपाय हो। विश्वासिलो यौन साथीसँग मात्रै यौन व्यवहार गर्नुस्। जोशमा होश हराएर जीवन बर्बाद गर्ने मानिस यस संसारमा थुप्रै छन्। यौन रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय कुनै पनि हालतमा होश नहराउनु हो। -
Previous
Next Post »