लगातारका घटनाक्रम हेर्दा यस्तो लाग्छ बलिउडमा ब्रेकअफको लहर नै चढेको छ। रणविर-क्याटरिना, फरहान-अधुना, अरबाज-मल्लिकाको ब्रेकअपको खबरहरूले तताएको बलिउडमा अर्का एक जोडीको पनि ब्रेकअप भएको समाचार आएको छ। समाचारका अनुसार बलिउड अभिनेत्री अनुष्का श्रर्माको भारतीय क्रिकेटरको पनि प्रेममा पनि विराम लागेको छ। हालै आएको एक खबर अनुसार अनुष्का र विराटको सम्बन्धमा तिक्तता आएको छ।
यो खबर उनीहरुले एकअर्कालाई इन्स्टाग्राममा अनफलो गरेपछि थप बलियो भएको छ। उनीहरुको सम्बन्धको अन्त्य हुनुमा विराटको अनुष्कासँग बिहे गर्ने हतारोलाई मानिएको छ। भारतीय संचारमाध्यमका अनुसार विराटले अनुष्कालाई छिटो भन्दा छिटो विहे गर्ने प्रस्ताव गरेका थिए तर अनुष्काले चढ्दो बलिउड करियरलाई ध्यान दिदैं उक्त प्रस्ताव अस्विकार गरिन्।
करियरकै कारण अनुष्काले विराटको विहे गर्ने प्रस्ताव लत्याएपछि उनीहरुको दुरी बढेर ब्रेकअपको बाटो समातेको बताइन्छ। पछिल्लो एक महिनादेखि उनीहरुको बोलचाल छैन्। ब्रेकअपका बारेमा दुबैजनाले हालसम्म आफ्नो तर्फबाट केहि बोलेका छैनन्।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon