झाडीखोला हाइड्रोपावरलाई आफ्नो अधिकारभन्दा माथि गएर ऋण प्रदान गरेको आरोप लागेका मञ्जुश्री फाइनान्सका पूर्व सिइओ नवराज थापा क्षेत्री फरार भएका छन्।
उनीमाथि आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर ऋण प्रदान गरेको आरोप लागेको छ। नेपाल राष्ट्र बैंकले पुनराबेदन अदालत ललितपुरमा दिएको जाहेरीमा पूर्व सिइओ क्षेत्रीले प्रदान गरेको ऋण अधिकार क्षेत्र भित्र पार्न एउटै ब्यक्तिलाई पटक पटक गरी ऋण प्रदान गरिएको उल्लेख छ।
साथै उनिमाथि कमसल धितोमा कर्जा प्रदान गरेको पनि आरोप लागेको छ। क्षेत्रीले झाडीखोला हाइड्रोपावरका लगानीकर्ता रामशरण भण्डारीलाई कमसल धितोमा आफ्नो अधिकार क्षेत्रभन्दा माथि गएर ऋण प्रदान गरेको आरोप लागेको हो।
सोमबार पुनराबेदन अदालत ललितपुरको बाणिज्य इजलाशमा उपस्थित भएका भण्डारीलाई अदालतले १० लाख धरौटी भराई तारेखमा छाडेको छ।
पुर्व सिइओ क्षेत्रीलाई ५० लाखसम्म मात्रै ऋण प्रदान गर्ने अधिकार थियो। तर उनिमाथि आफ्नो अधिकार सिमा नाघेर २ करोड १३ लाख १८ हजार ऋण प्रदान गरेको अभियोग छ।
उनलाई आफ्नो अधिकार भन्दा १ करोड ६३ लाख १८ हजार बढि ऋण प्रदान गरेको अभियोग लागेको छ।
नेपाल राष्ट्र बैंकले पुनराबेदन अदालत समक्ष उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ७ (घ) दफा ९ (१) र २ तथा दफा १४ बिपरितको कार्य गरेकाले १ करोड ६३ लाख १८ हजार बिगो कायम गरि सोहि ऐनको दफा १५(२) बमोजिम सजाय गरि पाउँ भनी माग गरेको छ।

Sign up here with your email

ConversionConversion EmoticonEmoticon