काठमाडौं, माघ १९ । काठमाडौं–हेटौडा सुरुङमार्ग आयोजना प्रबद्र्धक नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्षबाट कुशकुमार जोशीले दिएको राजीनामा स्वीकृत गर्न र असल नेतृत्व ल्याउन लगानीकर्ताले माग गरेका छन् ।
जोशीले सोमबार सन्चालक समितिलाई राजीनामा बुझाएका थिए ।
काठमाडौं–हेटौडा सुरुङमार्ग निर्माण संघर्ष समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जोशीको राजीनामा स्वीकृत गर्न र बोर्डबाटै असल नेतृत्व ल्याउन माग गरेका हुन् ।
संघर्ष समितिले आफूहरुलाई पैसा फिर्ता नभइ आयोजना चाहिएको पनि बताएका छन् । जोशीकै कारण आयोजना अगाडि बढ्न नसकेको उनीहरुको आरोप छ ।
बोर्ड सन्चालक समितिका पूर्वसदस्यसमेत रहेका संघर्ष समितिका अध्यक्ष राजुमान महर्जनले पाँच वर्षको अवधिमा कुनै पनि प्रगति नभएको बताए ।
उनले जोशीको नेतृत्वमा आयोजना बन्नै नसक्ने जिकिर गर्दै तत्काल राजीनामा स्वीकृत गरी नयाँ अध्यक्ष चयन गर्नुपर्ने बताए ।
उनले हालसम्म जम्मा ३० करोड ३१ लाख रुपैयाँ संकलन भएको तर २८ करोड ऋण भार परिसकेको बताए ।
बिना प्रतिस्पर्धा आयोजनाको ‘डीपीआर’ र ‘इआइए’ गरेको फुल ब्राइट कन्सल्टेन्सीलाई मात्रै १८ करोड तिर्न बाँकी रहेको उनले बताए ।

Sign up here with your email

ConversionConversion EmoticonEmoticon