इटाली, माघ २० । इटालीमा एक कलाकार नाटकमा अभिनय गरिरहँदा फाँसीमा झुण्डिएका छन् । सयौं दर्शकका माझ अभिनयकै क्रममा उनी फाँसीमा झुण्डिएपछि धेरैजसो दर्शकले यसलाई अभिनयकै हिस्सा मानेका थिए भने नाटकको टिम तत्काल स्तब्ध भएको थियो ।
फाँसीमा झुण्डिएको केहीबेरमा उनलाई उद्धार गरिएको थियो । उनलाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकहरुले उनी ‘कोमा’ (बेहोसको अवस्था) मा गएको बताएका छन् ।
समाचार एजेन्सीहरुका अनुसार २७ वर्षीय राफेल शुमाकरले अभिनयकै क्रममा आफूलाई फाँसीको फन्दामा झुण्ड्याएका हुन् । नाटक टिमका सदस्यहरुका अनुसार शुमाकरले नाटकको स्क्रिप्ट विपरीत उक्त गतिविधि गरेका थिए ।
टेट्रो लक्समा सो घटना भएको हो । प्रहरीले सो घटनाका बारेमा अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा प्रहरीले घटनाका साक्षी तथा नाटकको टिमका सदस्यहरुसँग सोधपुछ गरेको छ ।
प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार उनी उभिनुपर्ने एउटा बाकस हटाइएको थियो भने उनले सुरक्षाका लागि लगाउनुपर्ने उपकरणसमेत लगाएका थिएनन् ।
उनका सहकर्मीका अनुसार फाँसीको फन्दा नक्कली हुनुपर्ने थियो । साथै उनलाई फाँसीमा झुण्डिएको अवस्थामा सहाराको व्यवस्था गरिनुपर्नेमा समेत त्यस्तो नभएको ती कलाकारले बताए । उनले भने, ‘घटना कसरी भयो भन्नेबारे म आफैं चकित भएको छु ।’
यसअघि पनि उक्त नाटक मञ्चनका क्रममा उनले सफलतापूर्वक अभिनय गरिसकेको बताइन्छ । त्यतिबेला उनले अनुहारमा मुखौटो लगाउने गरेका थिए ।
एक स्थानीय अखबारका अनुसार अन्तिम समयमा उनले नाटकको स्क्रिप्टलाई पूर्व सूचना अनुसार परिवर्तन गरेका थिए ।
शुमाकरकी आमाले भने आफ्नो छोराले आत्महत्याको प्रयास गर्नै नसक्ने बताएकी छन् । ‘भर्खरै उसले पिता गुमाएको छ, उसले सम्बन्ध बिच्छेद पनि गरेको थियो तर त्यसबाट आफूलाई सम्हाल्दै ऊ सामान्य अवस्थामा फर्किसकेको थियो,’ उनले भनिन् ।
उसले आत्महत्या गर्न खोज्नुको कुनै कारण नभएको दाबी गर्दै उनले भनिन्, ‘आत्महत्या गर्न खोजेको नै थियो भने उसले कुनै पत्र वा सन्देश छोड्नु पर्ने थियो तर त्यसो गरेको पाइएको छैन ।’ (एजेन्सी)

Sign up here with your email

ConversionConversion EmoticonEmoticon