सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले २२ औं राष्ट्रिय महाधिवेशनमा उम्मेद्वारहरुका लागि आचारसंहिता जारी गरेको छ।
अनेरास्ववियुले उम्मेद्वारहरुले प्रचारका लागि नारा, जुलुस, र्याली निकाल्न नपाउने तथा कुनै पनि प्रकारका प्रकाशनहरु गर्न नपाउने गरी आचारसंहिता जारी गरेको हो। अनेरास्ववियुले प्रचारका लागि उम्मेद्वारहरुलाई ज्याकेट, टिसर्ट, टोपी, कमल, डायरी, झोला लगायतका सामाग्री वितरण गर्न तथा तुल र ब्यानर टाँग्न प्रतिबन्ध लगाएको छ। पत्रकार सम्मेलनमा अध्यक्ष किशोरविक्रम मल्लले निर्वाचनको आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी खारेज गरिने जानकारी दिए।
अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशन माघ २७ गते काठमाडौमा सुरु हुँदैछ। महाधिवेशनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपा माधव कुमार नेपाल पक्षीय नेताहरुले उम्मेद्वारी घोषणा गरिसकेका छन् । अनेरास्ववियुले सोमबार पत्रकार सम्मेलन गरी सर्वसम्मत नेतृत्व चयन हुन नसकी निर्वाचन हुने अवस्थामा निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि उम्मेद्वारले प्रकाशन गर्न नपाउने गरी आचार संहिता जारी गरेको जानकारी दिएको छ।
आचारसंहितामा परिचय खुल्ने भिजिटिङ कार्ड र ए फो आकारको सामान्य हाते पर्चा वितरण गर्न भने छुट दिइएको छ। यसवाहेकका गतिविधि गर्ने उम्मेद्वारको हकमा आचारसंहिता उल्लंघन गरेको आरोपमा उम्मेद्वारी नै खारेज गरिने अनेरास्ववियुले जनाएको छ।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon