हलिउड फिल्मका लागि यस्तो कडा मिहेनत गर्दै दिपिका


बलिउडमा आफ्नो दमदार स्थान बनाएकी दिपिका पादुकोण हलिउडको एक्सन फ्रान्चाइज 'एक्सएक्सएक्स'को तेस्रो श्रृखंलामा अभिनय गर्दैछिन्। यतिबेला उनी फिल्ममा आफूलाई सशक्त देखाउन सक्दो कडा मेहेनत गरिरहेकी छन्। दिपिकाले फिल्मको लागि आफ्नो फिटनेसमा राम्रो ध्यान दिइरहेको स्पष्ट भएको छ। उनकी फिटनेस ट्रेनरले सार्वजनिक गरेको एक भिडियोले त्यहि देखाएको छ।
फिल्ममा उनी हलिउड स्टार भेन डिजलसँग काम गर्दैछिन्। दिपिकाको फिल्ममा शिकारीको भूमिका  रहेको छ। फिल्ममा भेन र दिपिकाका अलावा हलिउड कलाकार निना दोब्व तथा रूबि रोजको पनि अभिनय रहनेछ। फिल्म आगामी वर्षको अप्रिलमा रिलिज हुनेछ।
Previous
Next Post »