मुलुककै सबैभन्दा पुरानो र ठूलो दल नेपाली कांग्रेस यतिबेला पार्टीको १३औं महाधिवेशनको तयारीमा जुटेको छ। संविधान जारी भएपछि उत्पन्न असहज परिस्थितिका बाबजूद पनि कांग्रेसको महाधिवेशनका कारण अहिले देशका सबै गाउँ, नगर, क्षेत्र र जिल्लामा राजनीतिक सरगर्मी बढेको छ। खासगरी अबको कांग्रेसको नेतृत्व कसले गर्छ भन्ने चासो र चिन्ता पार्टीभित्र मात्रै नभएर आम सर्वसाधारण जनतामा पनि चर्चाको विषय बनेको छ।
पार्टीको १२औं महाधिवेशनमा एक कार्यकालका लागि मात्रै भन्दै सभापति बनेर संविधानसभा निर्वाचनमा पहिलो ठूलो दल बनेपछि प्रधानमन्त्रीसमेत बन्न सफल सुशील कोइराला अहिले पुनः सभापति पदको आकांक्षामा पर्खिरहेका छन्। उनले त्यसका लागि आन्तरिक तयारी गरिरहे पनि औपचारिकरुपमा घोषणा गर्न बाँकी छ। विगतमा गिरिजाप्रसाद कोइराला र सुशीलसँग प्रतिस्पर्धा गरी पराजित भएका वरिष्ठ नेता शेरबहादुर देउवा फेरि पनि महाधिवेशनको मैदानमा सभापतिका लागि तयारी गरिरहेका छन्। तर विगत लामो समयदेखि सधैं पार्टीभित्र र सत्ता राजनीतिमा दोस्रो व्यक्तिका रुपमा क्रियाशील रहदैआएका उपसभापति रामचन्द्र पौडेल यसपटक पार्टी नेतृत्वको अपेक्षा गर्दै विगत केही समयदेखि देशभरि कार्यकर्तामाझ पुगेका छन्। पौडेलको विगतबाट परिचित कतिपय दलभित्र र बाहिरका व्यक्तिहरूले उनको यो दाबी क्षणिक रुपमा लिदैं उनीप्रति अझै आश्वस्त हुन सकेका छैनन्।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon