मोर्चाका नेता दिल्ली र बिहार धाइरहनु दुःखद : उपप्रधानमन्त्री गच्छेदार

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजय गच्छेदारले संविधान संसोधनबाटै सीमांकनको मुद्दा सम्बोधन हुन सक्ने स्थिति भएपनि मधेसका नेताहरु दिल्ली र बिहार धाइरहनु दुखद भएको टिप्पणी गर्नुभएको छ । फोरम लोकतान्त्रिक मोरङले आयोजना गरेको कार्यकर्ता भेलालाई विराटनगरमा सम्बोधन गर्दै उपप्रधानमंन्त्री गच्छेदारले आन्दोलनका नाममा जनतालाई सधै सडकमा होम्ने कार्य गलत भएको बताउनु भयो । उहाँले मधेस आन्दोलनका नाममा जनतालाई भ्रममा पारेर सधै आन्दोलन गरिरहनुको औचित्य नभएको टिप्पणी समेत गर्नुभयो । उहाँले मधेसका माग अनुसार नै संविधानमा दुई वटा संसोधन पारित भईसकेको र सिमांकनको मुद्दाका लागि नाकाबन्दी र बन्द हडताल जारी राख्नुको आवश्यकता नभएकोले शान्तिपूर्ण दबाब आन्दोलन गर्न मधेसवादी दलहरुलाई आग्रह गर्नुभयो ।
Previous
Next Post »