बलिउडमा ब्रेक अपको मौसम, के टाढा हुँदैछन् विराट र अनुष्का पनि ?

यस्तो लाग्दैछ, यतिबेला बलिउडमा ब्रेक अपको मौसम चल्दैछ । नायिका कट्रिना कैफ र नायक रणवीर कपुर अलग भएको समाचार अब नयाँ रहेन । केही हप्ता अगाडि मात्र यो जोडी अलग भएको थियो ।
यस्तै, सलमान खानका भाई बुहारी पनि अलग हुन लागेको चर्चा चलेको छ । कलाकार अरबाज खान र आइटम गर्ल मलाइका अरोराविचको सम्बन्ध पनि राम्रो नभएको समाचार मिडियामा छाएको छ । यी दुई पनि अलग भइसकेको खबर सार्वजनिक भैरहेका छन् ।
एक प्रेम जोडी र अर्को विवाहित जोडी अलग भएको खबर सार्वजनकि भैरहँदा नायिका अनुष्का शर्मा र क्रिकेटर विराज कोहलीको सम्बन्धमा पनि दरार आएको भारतीय मिडियाले दाबी गर्न थालेका छन् । अहिले विराट र अनुष्काविच बोलचाल पनि बन्द भएको छ । यसको मुख्य कारण, बिहेलाई मानिएको छ ।
विराट अनुष्कासँग बिहे गर्न चाहन्छन् तर अनुष्का अहिले नै बिहेको सोचमा छैनन् । यही कारणले गर्दा पनि यी दुइविच खटपट आएको छ । अहिले क्रिकेटरहरुले पनि बिहे गरिरहेका छन् । विराट पनि बिहे गरेर घरबार बसाउन चाहन्छन् ।
यसका लागि विराटले अनुष्कालाई बिहेको प्रस्ताव पनि राखिसकेका छन्, जसलाई नायिकाले रिजेक्ट गरिदिएकी छिन् । यही कारणले पनि यो जोडी अलग हुने मोडमा पुगेको बलिउड संचारमाध्यमले जनाएका छन्
Previous
Next Post »