मेटल बडी र पावरफुल ब्याट्री भएको नयाँ स्मार्टफोन

जिओनीले आफ्नो नयाँ स्मार्टफोन एस ६ बजारमा ल्याएको छ। मेटल बडी भएको यस फोनको मूल्य करिब ३२ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। ३१५० एमएएच ब्याट्री पावर भएको यस फोनले १८.८ घण्टा टकटाइम र ३४२ घण्टा स्ट्यान्डवाइ टाइम दिने कम्पनीले दावी गरेको छ।
 
जिओनी एस ६ का विशेषता यसप्रकार रहेका छन्ः
 
स्क्रिनः ५.५ इन्च (७२०×१२८० पीक्सेल रिजोलुशन) एचडी डिस्प्ले 
 
हार्डवेयरः १.३ जीएचजेड  ओक्टाकोर मिडियाटेक एमटी ६७५३८ प्रोसेसर 
 
र्‍यामः ३ जीबी, ३२ जीबी इन्टरनल मेमोरी, १२८ जीबीसम्म बढाउन मिल्ने
 
क्यामराः अगाडि ५ मेगापीक्सेल र पछाडि १३ मेगापीक्सेल 
 
अपरेटिङ सिस्टमः एन्ड्रोइड ५.१ ललीपप 
 
ब्याट्रीः ३१५० एमएएच पावर 
 
अन्य सुविधाः ४ जी, वाईफाई, ब्लुटुथ ४.०, ओटीजी, युएसबी टाइप सी आदी।
Previous
Next Post »