मदन पुरस्कार विजेता लेखक मदनमणि दीक्षितको एकलाप उपन्यास ʻमेरी नीलिमाʼ सोमबार राजधानीमा विमोचित भएको छ। राष्ट्रकवि माधवप्रसाद घिमिरे, प्राध्यापक डाक्टर सुरेशराज शर्मा, मदनमणि र उनकी धर्मपत्नी रीता दीक्षितले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन्।
दीक्षित दम्पतीको ७८ औं बैबाहिक वर्षगा“ठको उपलक्ष्य पारेर पुस्तक विमोचन गरिएको हो। २०५२ सालमा साझा प्रकाशनबाट प्रकाशित किताबलाई बुक–हिल पब्लिकेशनले बुकहिल क्लासिक सिरिज अन्तर्गत मेरी नीलिमाको पुनः प्रकाशन गरेको हो।
शिल्पी नाट्य समूह बत्तीसपुतलीमा आयोजित कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै प्रा.डा शर्माले मेरी नीलिमा युवा पुस्ताले पढ्नैपर्ने पुस्तक मध्येको एक भएको उल्लेख गरे। पुरुष र महिलाको विशिष्ठ सम्बन्धलाई भाषिक शिल्पमार्फत् ममदीले उत्कृष्ट र मनमोहक ढंगबाट मेरी नीलिमामा प्रस्तुत गरेको बताए।
त्यस्तै राष्ट्रकवि घिमिरेले मेरी नीलिमामा काव्यत्मकता बढी रहेको उल्लेख गरे। महिला र पुरुषको प्रेम सम्बन्धलाई दीक्षितको मेरी नीलिमाले नया“ ब्याख्या र विश्लेषण प्रदान गरेको राष्ट्रकविको भनाई थियो । माधवीबाट मदनपुरस्कार प्राप्त गरेपनि ममदीको मेरी नीलिमा विशिष्टकृत कृति रहेको उनको टिप्पणी थियो ।
Sign up here with your email


ConversionConversion EmoticonEmoticon