हिमाली जिल्ला मुगुमा औषधीको चरम अभाव

मुगु जिल्लामा अहिले औषधीको अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मुगु लागयत जिल्लाभरिका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकी ,प्राथामीक स्वास्थ्य केन्द्र,स्वास्थ्य केन्द र उप स्वास्थ्य केन्द्रहरुमा अहिले औषचीको चरम अभाव भएको छ । भारतले गरेको नाकाबन्दी र केही दिन अघि भएको हिमपातको कारण औषधी जिल्लामा पु–याउन नसकिएको औषधी स्टोरको जिम्मा पाएका यमबहादुर मल्लले अभाव रहेको बताएका छन् । नेपाल सरकारले ७२ प्रकारका औषधीहरु निशुल्क बितरण गर्ने भनिए पनि मुगुमा भने सीमित औषधीहरु मात्र रहेको जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख डा.भक्तदेब श्रेष्ठले बताउँनुभयो । बिभागबाट केही दिन अघि मात्र २ कार्टुन औषधी आएको डा. श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो आज ३० देखि ४० जनासम्म दैनिक बिरामी आउने गरेका छन् । त्यसमध्ये ६ देख १० जना सिम्म चिसो,रुघाखोकी,निमोनियाका बिरामी हुने गरेका छन् । हिजो आज जिल्ला अस्पतालमा औषधी नहुदा गमगढी बजारमा रहेका निजी मेडीकलहरुमा बिरामी जान बाध्य छन् ।
Previous
Next Post »