१९ माघ, नेपालगन्ज । नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने दुई जनालाई बाँके प्रहरीले पक्राउ गरी मंगलबार सार्बजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाण्डौ मित्रनगर घर भई नेपालगन्ज-१ मा बस्ने १६ बर्षीय बिनोद तामाङ र सुर्खेत घर भएका २० बर्षीय प्रवेश क्षेत्री छन् ।
उनीहरुले माघ १४ गते नेपालगन्ज-१ धम्बोझी वाटरपार्कका बोधीप्रसाद खनालको घरमा विहान २ बजे प्रवेश गरी नक्कली पेस्तोल र खुकुरी देखाउदै दुई थान ल्यापटप, मोवाइल, नगद, सुनचाँदी चोरी गरेर भागेको प्रहरीले जनाएको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी बसन्त पन्तले अन्यत्र पनि यसैगरि चोरी गर्दै आएको पाइएको जानकारी दिए ।
पक्राउ परेका दुबै जना उच्च माध्यामिक तहमा अध्ययन गर्दा गर्दै लागुऔषध दुब्र्यसनी भई भारत पुगेका थिए । भारतको दिल्लीमा केही समय मजदुरी गरेपछि दुबै जना नेपालगन्ज आई धम्बोझीमा डेरा गरी बस्दै आएको र चोरी गर्न थालेको प्रहरीले जानकारी दिएको छ ।

Sign up here with your email

ConversionConversion EmoticonEmoticon