महानायक राजेश हमाल यतिबेला मलेसियामा छन् । उनले आइतबार एक सांगीतिक कार्यक्रममा नेताले जस्तै भाषण दिए ।

क्वालालम्पुर । महानायक राजेश हमाल यतिबेला मलेसियामा छन् । उनले आइतबार एक सांगीतिक कार्यक्रममा नेताले जस्तै भाषण दिए । उनले परदेशमा बसेर श्रम गर्नेहरुलाई राज्यले सम्वोधन गर्नु पर्ने माग गरेका थिए ।
‘विदेशमा चुनौतीको सामना गर्दै राज्यको निम्ति योगदान गर्नेहरु वास्तविक हिरो हुन्,’ उनले भने, ‘परिस्थितिसँग जुध्न सक्नु नै जीवनको सबैभन्दा ठूलो चुनौति हो ।’
करीव पाँच मिनेट भाषण गरेका उनले आफुले कलाको माध्यमवाट नेपाली समुदायमा खेलिरहेको भुमिकाको वारेमा अथ्र्याए । उनले भने, ‘मैले आवाज र दृश्यको रंगीन अदालतमा दशगजा, कालापानी र सुस्ताको वकालत गरेको छु ।
हर्कवहादुर, वीरवहादुर, श्यामवहादुरको भोक, गरिबि र अभावको चित्कार गरेको छु । यसमा म निरन्तर लगिरहने छु ।’ हमाल स्टेजमा नेताले जसरी बोलिरहदा दर्शकहरुले तालीले निकै स्वागत गरेका थिए ।

Previous
Next Post »