यी हुन् रुखका जराजस्तै हातखुट्टा भएका मानिस, अब छिटै हुँदैछ उपचार -

तस्वीर साँच्चीकै डरलाग्दो छ । कुनै बनाबटी हो की भन्ने जस्तो पनि लाग्नसक्छ । तर यो यथार्थपरक घटना हो । बंगलादेशका एक अनौठो रोगबाट पीडित युवकको तस्वीर हो यो ।
अबुल बजनदार नामका यी युवाको हात खुट्टामा औँलाको ठाउँमा रुखका जराजुरी जस्ता आकृति पलाएका छन् । सोही कारण उनको नाम नै रुख मानिस रहन गएको छ ।
उनको यो अनौठो रोगको नाम हो, इपिडर्मोडाइस्प्लाजिया वेरुसिफोर्मिस । २६ वर्षका बजनदारको अब छिटै शल्यक्रिया हुनेवाला छ । शल्यक्रिया गरेर यी हाँगाविँगा हटाएपछि उनको जिउको तौल ५ किलो कम हुनेछ र उनले पनि असह्य पीडाबाट मुक्ति पाउनेछन् ।
बंगलादेशको दक्षिणी खुलनामा बस्ने बजनदारको शल्यक्रियाको पूरै खर्च त्यहाँको एक अस्पतालले बेहोर्नेछ ।
अबुलका अनुसार उनको हातको औँलामा दश वर्ष पहिले यस्तो पलाउन सुरु गरेको रहेछ । सुरुमा त उनले त्यो कुनै मुसा होला भनेर खासै ध्यान दिएनछन् । तर पछि दुबै हात तथा खुट्टामा धेरै यस्ता टुक्रा पलाएपछि उनी अहिले कामकाज गर्नै नसक्ने अवस्थामा पुगेका छन् ।

Previous
Next Post »