विराटनगर, माघ १९ – उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले मधेसमा आन्दोलन गरेका मधेसवादी दलको अतिवादी सोच र ठूला दलको उग्रवादी सोचको कारण मधेस आदोलनको निकास निक्सन नसकेको आरोप लगाउनु भएको छ ।
विराटनगरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले मधेसमा आन्दोलन गरिरहेका दलहरु आन्तरिक रुपमा अर्को दलको अस्तित्व समाप्त पार्ने खेलमा लागेको आरोपसमेत लगाउनु भएको छ ।
आन्दोलनको बलमा सर्वसाधारणलाई भ्रम छरेर संविधानको गलत प्रचार गरिरहेको अवस्थामा त्यसलाई चिर्नु पर्ने बताउनुभयो । संविधानसभाबाट जारी भएको संविधान नेपाली जनताले बनाएकोले सबैको अधिकार स्थापित भएको आफ्ना कार्यकतासँग बताउनुभयो ।
संविधान जारी भएलगत्तै सरकारमा जाँदाको समयमा भएको आठ बुँदे सम्झौतामा उल्लेख भएका कुराहरु धेरै सम्बोधन भइसकेको तर एउटा सिमांकनको बिषय टुङ्गीन मात्र बाँकी रहेको उहाँको तर्क छ ।
अहिलेको संविधानले उल्लेख गरेको ७ प्रदेशलाई बढाएर ८ प्रदेश कायम गर्ने बित्तिकै समस्याको समाधान हुने तर्क आफूले पहिलादेखि नै गर्दै आएको दाबी गर्नु भएका गच्छदारले अझै पनि निकासको एउटै बाटो झापा मोरङ, सुनसरीलाई छुट्टै प्रदेश बनाएर ८ प्रदेशले समाधान निकाल्ने उल्लेख गर्नुभयो ।
उहाँले कार्यकर्तालाई संविधानको बारेमा सही जानकारी जनतासम्म पुर्याउन आग्रह समेत गर्नुभएको छ ।

Sign up here with your email

ConversionConversion EmoticonEmoticon